कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मकै छर्नबाट वञ्चित किसान

प्यूठान — मकै लगाउने बेलामा पानी नपरेपछि प्यूठान आसपासका किसान चिन्तित छन् । दुई महिनायता यहाँ पानी परेको छैन । पानी नपरेका कारण प्यूठानको ग्रामीण क्षेत्रका किसानले चैतमा छर्ने मकै अझै छर्न पाएका छैनन् । 

केही चिस्यान भएको बारीमा चैतमै मकै छरेको भए पनि अहिलेसम्म उम्रिएको छैन । उम्रेका केही बिरुवा पनि सुक्न थालेका छन् । जिल्लाभर १२ हजार ५८ हेक्टरमा मकै बाली लगाइन्छ । लामो समय पानी नपरे किसानका खेतबारी बाँझै रहने प्यूठान नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले बताए ।


पानी नपर्दा मकै छर्न ढिलाइ भएको प्यूठान नगरपालिका–६ माझकोटका किसान इन्द्रबहादुर पुनले बताए । ‘पानी परेको भए वैशाखभरमै मकै छरेर सक्थ्यौं,’ उनले भने, ‘जेठको १५ लाग्न थाल्यो । अझै छरेका छैनौं ।’ पहाडी क्षेत्रमा पछि छरेको मकै राम्रो नहुने भएकाले मकै छर्न नपाएर किसान चिन्तित भएको पुनले बताए ।


पानी नपरेपछि प्यूठान झिमरुक गाउँपालिका–१ का स्थानीयले पूजापाठसमेत गरेका छन् । पानी माग्दै भजनकीर्तनसमेत गरेका छन् । झिमरुक–१ को गर्तुङखोलाका किसानले गत साता गौमुखी गुफामा बाजागाजा, शंखघण्टसहित पानी पारिदिन प्रार्थना गरेको स्थानीय विमल पोख्रेलले बताए । पानी नपरेपछि पूजापाठ गर्ने, बाजा बजाउने यहाँको पुरानै संस्कार रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?