१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कांग्रेस जिल्ला पार्टी कार्यालय तोडफोड

कमल पन्थी

बर्दिया — अज्ञात समूहले बुधबार मध्यरातमा कांग्रेस पार्टी कार्यालयका छ वटा दराज तोडफोड गरेका छन् । मुलद्वारको च्यानलगेटको ताल्चा फोडेर कार्यालयका दराज फोड्नुका साथै कागजात छरपस्ट पारिएका छन् । 

कांग्रेस बर्दियाद्वारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सचिव जीवन मल्लले पार्टी कार्यालयसमेत सुरक्षित राख्न नसक्ने सरकारको गतिविधि शंकास्पद रहेको बताए । जिल्ला प्रहरी कार्यालयदेखि करिब ३ सय मिटर दूरीमा रहेको पार्टी कार्यालयमा चोरी हुँदा प्रहरीको लापरबाही देखिएको बताए । २४ घण्टाभित्र घटनामा संलग्न भएकालाई कारबाही गरिएन भने प्रहरी प्रशासनविरुद्ध बाध्य भई सडक आन्दोलनमा उत्रने चेतावनी पार्टीका कावा सभापति मिश्रीलाल यादवले सञ्चारकर्मीलाई बताए ।


केही महिनाअघि कांग्रेस पार्टी सम्पर्क कार्यालयमा चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेकोमा उनले आक्रोश पोखे । सम्पर्क कार्यालयबाट ल्यापटप चोरी भएको थियो । घटनाका सम्बन्धमा नेका बर्दियाले शुक्रबार प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ । बुधबार राति नै उद्योग वाणिज्य संघ गुलरियामा तोडफोड भएको छ ।


प्रकाशित : जेष्ठ १६, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?