चट्याङ लागेर एक महिलाको मृत्यु 

७ बाख्रा समेत परे
गिरुप्रसाद भण्डारी

प्यूठान — नौबहिनी गाउँपालिका–५,डाम्रीमा च्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार स्थानीय काढे जंगलमा बाख्रा चराउन गएकी  ६४ वर्षीय गोठी बुढामगरको मृत्यु भएको हो । 

चट्याङ लागेर एक महिलाको मृत्यु 

चट्याङ लागेर घाइते भएकी बुढालाई घरमा ल्याएर उपचार गर्न लैजाने तयारी गर्दागर्दै राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेका प्रहरी सहायक निरीक्षक तिलक रोकाले बताए ।


चट्याङमा परेर ३ बोका र ४ बाख्रा समेत मरेको रोकाले बताए । दुई वटा बाख्रा घाइते भएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?