बर्दियामा हुरीले तीनजना घाइते, तीन दर्जन घरमा क्षति

कमल पन्थी

बर्दिया — बिहीबार रातिको हावाहुरीले बर्दियामा तीन जना घाइते भएका छन् । हावाहुरीले तीन दर्जन बढी घरमा क्षति पुराएको छ ।

राजापुर नगरपालिका—२ नयाॅगाउॅकी २० वर्षीया अनु थारु, बासगढी नगरपालिका—४ मदाहाकी २६ वर्षीया सुनिता विक र उनका ५ वर्षीय छोरा नारायण घाइते भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।


तीनैजना घाइतेलाई उपचार्थ शिक्षण अस्पताल नेपालगञ्ज लगिएको प्रनाउ महराले जनाए । हुरीले घरका छाना ढलेर उनीहरु घाइते भएका हुन । हावाहुरीले कच्ची घरका छाना र पर्खाल भत्काएको छ । करिब एक घण्टा चलेको हुरीले जिल्लाभरका जनजीवन प्रभावित भएको छ ।


हावाहुरीे बासगढी, ठाकुरबाबा, बारबर्दिया र राजापुरमा बढी क्षति पुराएको छ । राति ९ बजे आएको हावाहुरीले दर्जनौ विद्युतका पोल ढालेपछि जिल्लाभर विद्युत आपूर्ति ठप्प छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।


वर्षासँगै आएको हुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । जेठ महिनायता बर्दियामा तीन ठूला हुरीले करिब दुईसय घरमा क्षति हुनका साथै सात जना घाइते भइसकेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?