कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

५ सय बिघाको केरा हुरीले नष्ट

नवीन पौडेल

परासी — हावाहुरीले पश्चिम नवलपरासीस्थित ५ सय बिघामा पसाउन लागेका केरा ढालेको छ । बिहीबार साँझसम्म करिब १० लाख केराका बोट ढलेको केरा उत्पादक संघ जिल्ला अध्यक्ष लख्खु यादवले बताए । जिल्लामा १३ सय बिघामा केरा खेती गरिएको छ ।

त्यसमध्ये ५ सय बिघामा पसाउन लागेका बोट ढलेका हुन् । ‘केराको बिमाका लागि कम्पनीले चासो दिदैनन्,’ उनले भने, ‘बिमाबारे जानकारी नहुँदा पनि किसान मर्कामा परेका छन् ।’


जिल्लाको सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा उखुको विकल्पमा केरा खेती गरिएको छ । केरा ढलेपछि २ सय परिवार पीडित भएका छन् । पीडित किसानको निवेदन र क्षति विवरण संकलन भइरहेको सघंले जनाएको छ । प्रतापपुरका रामजनम चौधरीले हुरीले सबै केरा ढलाएपछि खेती गर्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता लागेको बताए । ‘किसानलाई जस्तो बाली लगाउँदा पनि सुख भएन,’ उनले भने, ‘उखु लगायो मूल्य पाइदैन, केरा लगायो हुरीले ढाल्छ । कसरी गुजारा चलाउने, क्षतिपूर्ति माग्न कहाँ जाने ?’


अधिकांश किसानलाई कृषि बिमाबारे जानकारी छैन । त्यसैले खेती नष्ट हुँदा राहत पाउनबाट बंचित भइरहेका छन् । आम्दानीका लागि ऋण खोजेर उखु, केरा र अन्य नगदेबाली रोप्छन् । त्यसको बिमा नहुँदा हावाहुरी, असिनापानीलगायतले क्षति पुगेका बेला राहत नपाउँदा किसान पेसाप्रति ढुक्क हुन सकेका छैनन् । कृषिमा बिमाबापत एक बिघाको ८ हजार रुपैयाँ प्रिमियम तिरे पुग्छ । जसको ६ हजार रुपैयाँ सरकारले बेर्होछ ।


२ हजार रुपैयाँ किसानले जम्मा गर्छन् । बिमाबापत किसानले एक बिघा क्षति हुँदा १ लाख ४० हजार रुपैयाँ क्षतिपूर्तिबापत पाउँछन् । त्यसैले अधिकांश किसान बिमा नगर्दा मर्कामा पर्ने गरेका छन् । रामग्राम नगरपालिकाका कृषि शाखा प्रमुख तथा बागवानी अधिकृत बालगोविन्द त्रिपाठीले बिमा कम्पनीले कृषिलाई प्राथमिकता नदिने र किसान बिमामा रकम खर्च हिचकिचाउने गरेको बताए ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?