देवदहमा एक युवकको हत्या 

अमृता अनमोल

काठमाडौँ — रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको  हत्या भएको हो ।

देवदहमा एक युवकको हत्या 

हिजो साँझ कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताउ ।


बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम भेटिएको थियो । प्रहरीले थापाको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नै साथीभाइले कुटपिट गरेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २६, २०७६ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?