कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङले आगलागी हुँदा ३८ फुसका घर जले

मधु शाही

(बाँके) — डुडुवा गाउँपालिका-१ वडामा चट्याङबाट आगलागी हुँदा ३८ वटा फुसका घर जलेका छन् । छोटीचौफेरि भन्ने गाउँमा भएको आगलागीमा एक जना १६ वर्षीया बालिका जलेर घाइते भएकी छन् । उनको उपचारका लागि भारत पढाइएको छ ।

अस्थायी टहरबा बनाउँदै खेती गर्न बसेका किसानको फुसको घर जलेको जिल्ला प्रहरी बाँकेका एसपी अरुणकुमार पौडेलले बताए । उनका अनुसार अधिकांशका अस्थायी घर अन्यत्र भएको र त्यहाँ खेती गर्न बसेको सुनाए ।

करिब ३२ लाख बराबरको अन्नबाली सबै जलेर नष्ट भएको छ । दमकल पुग्न नसकेपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । गाउँपालिकाले तत्कालप्रति परिवार दुई हजार रुपैयाँ र जिल्ला प्रशासन कार्यालय बाँकेले ३ हजार गरी पाँच हजार रुपैयाँ तत्काल राहत दिने निर्णय गरेको छ । एपी अरुणले अधिकांश पीडित आफ्नै स्थायी घरमा फर्किएको बताएका छन् ।


प्रकाशित : जेष्ठ २९, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?