कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना

कमल पन्थी

(बर्दिया) — जिल्ला प्रशासन कार्यालय बर्दियाले दाङ घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना तिराएको छ । घोराहीमा उत्पादित सिमेन्ट उद्योगका सञ्चालक, निर्देशक र व्यवस्थापकलाई कालोबजारी ऐनअन्तर्गत ७ लाख जरिवाना लिइएको हो ।

उद्योगका सञ्चालक पुरुषोत्तम संघाईलाई ३ लाख, निर्देशक सञ्जय वंशल र व्यवस्थापक आदित्य संघाईलाई जनही २ लाख जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनाए । करिब छ महिनाअघि जिल्ला प्रशासन कार्यालयले उद्योगका सञ्चालकलाई २३ लाख धरौटी लिई तारेखमा छाडेको थियो । नेपाल गुणस्तर तथा नाप तौल विभाग, बालाजु काठमाडौंबाट गुणस्तर नभएको प्रमाणित भएको प्रतिवेदनको आधारमा कारवाही गरिएको हो,’ प्रजिअ कुरुम्बाङले भन, ‘उनीहरुविरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐनअन्तर्गत जरिवाना लिइछाडेका हौं । गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा म्यानिसिया (खरानी) बढीमा ५ प्रतिशत हुनु पर्नेमा ६ दशमलव ५ प्रतिशत बढी भएको प्रशासनले जनाएको छ ।


सगरमाथा सिमेन्ट कमसल र गुणस्तर देखिएपछि करिब ८ महिनाअघि जिल्लास्थित विकास आयोजना लगायत सरकारी कार्यालयमा सगरमाथा ओपीसी सिमेन्ट प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय, बर्दियाले उर्द्दी जारी गरेको थियो । लगतै उक्त उद्योगले गुणस्तर नभएको ल्याव टेष्ट गरेर प्रमाण ल्याएपछि स्थानीय प्रशासनले सगरमाथा सिमेन्टमा प्रतिबन्ध हटाएको थियो । गुणस्तरहीन उक्त सिमेन्ट गुलरिया-६ स्थित विजय टेडर्सबाट बिक्री वितरण गरिएको थियो ।

नेपाल सरकारबाट गुणस्तर चिह्न प्राप्त गरेको दाङबाट उत्पादित सगरमाथा सिमेन्ट लेखिएको छ । विजय ट्रेडर्सबाट वितरण भएको उक्त सिमेन्ट ल्याब रिर्पोटबाट गुणस्तर नभएको प्रमाणित भई आएपछि कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको थियो । स्थानीय प्रशासनले गरेको जरिवाना उद्योगीले तिरेको प्रजिअ कुरुम्बाङले बताए ।


प्रकाशित : जेष्ठ ३१, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?