कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बर्दियामा दुई दिनदेखि सञ्चार सेवा अवरुद्ध

कमल पन्थी

(बर्दिया) — नेपाल टेलिकमबाट सञ्चालित मोबाइल र ईन्टरनेट सेवा बिहीबारदेखि ठप्प भएको छ । मोबाइल सेवा ठप्प भएपछि सूचना सम्प्रेशनसमेत अस्तव्यस्त भएको छ । इन्टरनेट भने विगत सातादेखि नियमित सञ्चालन हुन सकेको छैन । साता दिन बितिसक्दा पनि गुलरियास्थित टेलिकम कार्यालयले कुनै चासो नदेखाएको स्थानीयले गुनासो पोखेका छन् ।

कार्यालय प्रमुख अच्युत रावलले अप्टीकल फाइवर बिग्रेको बताए पनि थप जानकारी दिन चाहेनन् ।


लामो समयसम्म अप्टिकल फाइवर बिग्रँदासम्म मर्मत नभएपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले टेलिकमका जिल्ला प्रमुख रावललाई कार्यालयमा बोलाएर तत्काल मर्मत सम्भार गर्न भनेका थिए । सेवा प्रवाह गर्न नसके अविलम्ब सरुवा भएर जान प्रमुख रावललाई निर्देशन दिएका स्रोतले जनाएको छ ।


कार्यालय प्रमुख रावल करिब दस वर्षदेखि गुलरियास्थित टेलिकममा प्रमुख छन् ।


प्रकाशित : जेष्ठ ३१, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?