कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ६ पुग्यो 

माधव अर्याल

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका, झिरुबास सार्कीडाँडामा जंगली विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । साताअघि च्याउ खाएर बिरामी भएका उनीहरुको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

एकै परिवारका चार दिदीबहिनीसहित ६ जनाको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सख्त बिरामी पाल्पाका ११ जनामध्ये ४ जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । दुई बालिकाको भने चितवनमा उपचारको क्रममै मृत्यु भएको थियो ।


काठमाडौंमा उपचारको क्रममा शुक्रबार मृत्यु हुनेमा ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी र आठ वर्षीय सुमन सिंह ठकुरी रहेका प्रहरीले जनाएको छ । बिहीबार १४ वर्षीया निरुता सिंह ठकुरीको काठमाडौमै उपचारको क्रममा निधन भएको थियो भने ९ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णुकुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको थियो । मृतक ६ जनामध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।


बिरामी परेका ९ जनाको कावासोतीस्थित मध्यविन्दु अस्पतालबाट चितवन भरतपुर र पछि थप उपचारका लागि काठमाडौं लगिएको हो । बिरामीमध्ये एकजना निको भएर घर फर्किएका छन् भने ४ जनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।


प्रकाशित : जेष्ठ ३१, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?