कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफिमसहित ४ जना पक्राउ

मधु शाही

(बाँके) — प्रहरीले १८ केजी ५ सय ग्राम अवैध लागूऔषध अफिमसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जाजरकोट त्रिवेडी नलगाडका ५० वर्षीय पृथ्वीबहादुर विक, २५ वर्षीय वीरबहादुर विक, वर्षीय राजेन्द्र विक र पूर्वी रुकुम उत्तरगंगा नपा ९ मैकोट बस्ने ४९ वर्षीया शर्मिला मगर छन् । 

अफिमसहित ४ जना पक्राउ

लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाको टोलीले भे १ ह १३९५ नं. को अटोरिक्सामा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुले लागूऔषध प्लास्टिकमा प्याकिङ गरी ल्याएका थिए । पक्राउ परेका माथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित : असार ४, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?