१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झगडा मिलाउन खाेज्दा आफैं मरणासन्न

वीरेन्द्र केसी

अर्घाखाँची — जेठ ३२ गते शनिवार गाउँकै साथीभाई मिलेर क्रिकेट खेलका थिए । भूमिकास्थान नगरपालिका धारापानीस्थित ठूलाखर्क युथ क्लबले खाकाबेंसीमा क्रिकेटको आयोजना गरेका थियो । धारापानी र ढाकावाङ गाउँका खेलाडीबीच विवाद साम्य नहुँदा दुई दिनपछि मेलामा भएको झडप छुट्टयाउन पुगेका धारापानीका २६ वर्षीय शम्भु शाही मरणासन्न हुने गरी कुटिए ।

झगडा मिलाउन खाेज्दा आफैं मरणासन्न

उनको काठमाडौ मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । डाक्टरका अनुसार उनको स्वास्थ्य खतरामुक्त छ ।

असार २ गते गाउँकै भूमिकास्थान मन्दिरमा जेठे पूर्णिमाको ठूलो मेला लागेको थियो । मेला हेर्न दुवै गाउँका क्रिकेट खेलाडी पनि आएका थिए । क्रिकेट खेलेका ढाकावाङकासहितका ६ जना युवाले धारापानीका खेलाडी धारापनीका अनिल आचार्यलाई मेलास्थलमै कुटपिट गरे । घरबाट सँगै मेला हेर्न गएका साथी अनिललाई कुटेको देखेपछि शाहीले बचाएर ल्याई केही परको होटलमा खाजा खान लगे । प्रहरीले झडपलाई छुट्टाएको थियो ।

खाजा खाँदै गर्दा ६ जनाको टोलीले प्रहरीको आँखा छल्दै शाहीलाई पछाडिबाट वियरको बाेतलले ढाडमा हिर्काए । जबरजस्ती पेट काटेर बाेतलका सिसा पेटभित्र छिराइदिएर उनीहरु भागे ।

बेहोस भएका शाही स्थानीय र प्रहरीले सन्धिखर्क अस्पतालमा ल्याइए । सामान्य उपचारपछि काठमाडौ ल्याइयो । ‘डाक्टरले आन्द्रामा पुगेको सिसा निकालिदिएपछि पनि उनी राम्ररी बोल्न सकेका छैनन्,’ उपचारमा संलग्न उनका दाई पवनले भने । झगडा गर्नु हुँदैन भनेर छुट्टाउन जाँदा भाइको यस्तो हालत भयो, हामी अन्यायमा परेको उनले बताए । काठमाडौंमा कोरियन भाषा पढ्दै गरेका शम्भु दुई दिन अघि मात्रै घर गएका थिए ।

'ढाकावाङको टीमले नाम दर्ता भएका खेलाडी बाहेक बाहिरको मान्छे राखेपछि मैले किन बाहिरको राखेको भनेर सोधेको थिएँ, त्यसपछि झगडा भयो, पछि साम्य भएर खेल्यौं, खेलमा हामी पहिलो दिनमै दुई समुह पराजित भयौं, आचार्यले भने ।

‘मेलामा क्रिकेट खेलेका ढाकावाङका साथीले बोलाए । चिनेजानेकै गाउँकै साथीले बोलाएपछि म गएँ, एक्कासी अपरिचित व्यक्तिले क्रिकेट खेल्दा बढी बोल्ने भनेर टाउको र मुखमा हिर्काए, शम्भु र प्रहरीले झडपबाट बचाएर ल्याए, पछि होटलमा खाजा खाँदा शम्भुलाई नराम्ररी कुटेका हुन्’ उनले बताए ।

शम्भुले क्रिकेट खेलेका थिएनन् । गाउँमा क्रिकेटको कुनै खेल प्रतियोगिता थिएन । गाउँका साथीभाई मिलेर टीम बनाएर खेल भएको थियो । गाउँका कोही पनि क्रिकेट खेलाडी थिएनन् । साथीभाई मिलेरै रमाइलाको लागि खेलिएको खेल थियो, अनिलले भने ।

धारापानीका स्थानीय अगुवा झविलाल थापाले क्रिकेट खेलमा नमिलेका कुरालाई ठुला विवाद बनाएर झगडाको रुपमा इगो राख्नु दुःखद र गलत प्रवृति भएको बताए । 'कुनै खेल प्रतियोगता नै थिएन, आपसमा मिलेर खेल्दा यति ठूलो घटना घट्नु राम्रो होइन,' उनले भने ।

कुटपिट गर्ने र कुटिएका दुवैको पक्ष र विपक्षमा राजनीतिक दलका नेताले बोकेका छन् । केही नेता घाइतेको पक्ष केही प्रहरी नियन्त्रणमा रहेकालाई छुटाउन लागि परेको स्रोतले जनायो ।

कुटपिट गर्ने ६ जना प्रहरी नियन्त्रणमा

शाहीलाई मरणासन्न हुने गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । घटना भएकै दिन ढाकावाङका नुमबहादुर गमाल र लिलबहादुर गमाललाई नियन्त्रणमा लिएको थियो ।

घटनापछि भाग्न सफल भएका बाबुराम गमाल, हिमबहादुर थापा गमाल, सुरजबहादुर थापा र छपबहादुर घर्तीलाई विहीबार गाउँबाटै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रकाशित : असार ७, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?