१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अपांगता भएकालाई सहयोग

काठमाडौँ — रिब्दीकोट गाउँपालिका १, ख्याहा जोगीथुमका १० अपांगता भएकालाई सहयोग जुटेको छ । काठमाडौं महानगरपालिका १४, कलंकीका वासुदेव केसीले मासिक २ हजार रुपैयाँका दरले सहयोग गर्ने भएका हुन् । जोगीथुमको कुमाल परिवारमा पुगेर एक वर्षका लागि २ लाख ४० हजार रुपैयाँ सहयोग गरेका छन् । ख्याहाको जोगीथुममा ५० बढी अपांगता भएका व्यक्ति छन् ।

गाउँमा प्रत्येक घरमा एकदेखि ५ जनासम्म अपांगता भएको देखेपछि सहयोग गरेको उनले बताए । उनीहरूलाई नियमित खाना, खाजाका लागि केसी परिवारले वार्षिक २४ हजारका दरले सहयोग गरेका हुन् ।


गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनाल, वडाध्यक्ष विष्णुप्रसाद गैरे, रिब्दीकोट २, देउरालीका वडाध्यक्ष रामचन्द्र नेपाललगायतको रोहबरमा रकम प्रदान गरिएको हो ।


जोगीथुमकै कालिका आधारभूत विद्यालयमा अध्ययनरत निम्न आयस्रोत भएका बालबालिकाका लागि विद्यालय पोसाकसमेत केसी परिवारले सहयोग गरेका छन् । केसीले अपांगता भएका र विपन्न परिवारलाई थप सहयोगका लागि विदेशमा बस्ने नेपालीसँग पनि आग्रह गरेको बताए । अमेरिकामा बस्ने रञ्जन बुढाथोकीले १ लाख, टिटु शर्माले ३३ हजार, जर्मनीमा बस्ने अनिता पभानीबाट ६३ हजार सहयोग जुटेको उनले बताए ।

प्रकाशित : असार १८, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?