२० हजार बिरुवा रोपिँदै

बुटवल — सैनामैना नगरपालिकाले आफ्नो क्षेत्रका वनमा २० हजार बिरुवा रोप्ने जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फाराम भरेकालाई वृक्षरोपणमा संलग्न गराएको हो । यसपालि ५ सय जना वृक्षरोपणमा खटिएका छन् ।

२० हजार बिरुवा रोपिँदै

त्यसमध्ये ४ सय ६० महिला छन् । उनीहरूले सोमबारदेखि काम आरम्भ गरेका छन् । दैनिक ६ घण्टा काम गरेबापत उनीहरूले ५ सय रुपैयाँ तलब पाउनेछन् । कार्यक्रम एक साता चल्नेछ । चिउरी, अम्बा, अमला, खन्युलगायत करिब २० हजार बिरुवा रोपिने नगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत सैनामैनालाई ३९ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसमा नगरपालिकाले १० लाख थपेको छ । यहाँका पर्रोहा, मलमला र इंगुरिया सामुदायिक वनमा वृक्षारोपण गरिनेछ । ‘वृक्षारोपणको योजना पहिल्यै बनेको थियो,’ नगर प्रमुख चित्रबहादुर कार्कीले भने ।


प्रकाशित : असार १८, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?