जिप खस्दा २ को मृत्यु
अर्घाखाँची — कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको यात्रुबाहक जिप सुपाखोलामा दुर्घटना हुँदा २ जनाको निधन भएको छ । लु १ ज १३२९ नम्बरको जिप सुपाखोला उकालोमा ब्रेक फेल भएर सडकबाट ३ सय मिटर तल खस्दा जिप चालक अर्घाखाँची भूमिकास्थान नगरपालिका–३ धारापानीका सुमन्त भुसालको निधन भएको छ ।