२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बाघको आक्रमणमा १ को मृत्यु

कमल पन्थी

(बर्दिया) — भैंसी चराउन गएका १ युवकको बाघको आक्रमणमा मृत्यु भएको छ । बर्दिया राजापुर नगरपालिका—७ शंकरनगरका २५ वर्षीय धर्मेन्द्र यादवको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा बाघले आक्रमण गरी शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए ।

दिउॅसो भैंसी चराउन यादव भारतीय आरक्षमा गएका थिए । अबेरसम्म भैंसी घर फर्केन भन्दै उनी राति करिब आठ बजे जंगल पुगेको डिएसपी भारतीले बताए । यादव पनि अबेरसम्म घर नर्फेपछि परिवार र गाउॅलेले खोजी गर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित : असार २१, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?