कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे छानबिन सुरु

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका विभिन्न समस्याबारे छानबिन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा आएको टोलीले मन्त्रालयमा परेका विभिन्न उजुरीबारे छानबिन थालेको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे छानबिन सुरु

लामो समयदेखि प्रतिष्ठानमा विवाद हुँदै आएको छ । बेलाबेला कर्मचारीले आन्दोलन गर्ने गरेका छन् । प्रतिष्ठानको प्रभावकारी व्यवस्थापन नहुँदा स्वास्थ्य सेवाको गुणस्तर खस्कदै गएको गुनासो छ । स्वास्थ्य सेवाको खस्कदो गुणस्तर, आर्थिक अनियमितता, कमजोर व्यवस्थापन, अनावश्यक राजनीतीकरणजस्ता विषयमा उजुरी परेपछि मन्त्रालयले वास्तविक अवस्था पत्ता लगाउन छानबिन थालेको हो ।


टोलीले प्रतिष्ठानका पदाधिकारी, जिल्लाका सरकारी अधिकारी र सरोकारवालासँग छलफल गरी आवश्यक जानकारी लिएको छ । आवश्यक सबै अध्ययन गरेको र प्रतिष्ठानलाई अब कसरी संचालन गर्ने भन्नेबारे आवश्यक सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्ने छानबिन टोलीका संयोजक बुर्लाकोटीले बताए ।

‘सबै सरोकारवालालाई भेटी आवश्यक जानकारी संकलन गरेका छौं । स्थलगत रूपमा पाइएका सबै कुरा समेटेर मन्त्रालयमा प्रतिवेदन पेस हुन्छ,’ उनले भने, ‘अहिले यस्तो अवस्था छ भनेर बोल्न मिल्दैन । विस्तृत कुरा प्रतिवेदनमा समेटिन्छ ।’


गत असोज १२ मा साविक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएको थियो । यसअघि पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित संसदीय उपसमितिले पनि स्थगलत अवलोकन गरेको थियो । उक्त समितिले प्रतिष्ठानमा संचालित अस्पतालका अधिकांश सेवा बन्द रहेको पाइएको प्रतिवेदन दिएको थियो ।


अस्पतालमा सामान्य सरसफाइसमेत कायम नराखेको समितिको निष्कर्ष थियो । समितिले प्रतिष्ठानमै पुगेर आवश्यक पूर्वाधार, उपकरण र चिकित्सक व्यवस्था गरेर तत्काल स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन पनि दिएको थियो । उपकुलपति डा. संगीता भण्डारीसहितका पदाधिकारीको मनोमानीले प्रतिष्ठान अस्तव्यस्त भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : असार २१, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?