कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

करेन्ट लागेर सहचालकको मृत्यु

दुर्गालाल केसी

दाङ — करेन्ट लागेर आइतबार दाङमा एक जनाको मृत्यु भएको छ । लमही नगरलालिका–७ अर्जुन खोलामा फसेको टिपर निकाल्ने क्रममा विद्युत तारले छुँदा बा २ क ५६३९ नम्बरका जेसीबीका सहचालक प्युठान नगरपालिका-९ का २७ वर्षीय खेतुलाल घर्ती मगरको मृत्यु भएको हो । 

करेन्ट लागेर सहचालकको मृत्यु

करेन्ट लागेर घाइते भएका मगरको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोदविक्रम शाहले जानकारी दिए ।


यसैगरी आइतबार नै गढवा गाउँपालिकामा तातो डिजेलले पोलेर एक मजदुर घाइते भएका छन् । गढवा–४ स्थित गोविन्दनगर–खड्कपुर सडक कालोपत्रे गर्ने क्रममा प्रिमिक्स मेसिनमा डिजेल राख्ने क्रममा शरीरमा पर्दा कुनौली गाउँपालिका ५ कोइलाडी सप्तरीका १८ वर्षीय दिपक सरदार घाइते भएका छन् ।


उनको कम्मरदेखि तलको भाग जलेको र लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २२, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?