१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्खाल भत्कँदा बालिकाको मृत्यु

काशीराम डाँगी

रोल्पा — दुई दिनदेखि लगातार भइरहेको वर्षापछि घर नजिकको पर्खाल भत्किँदा च्यापिएर रोल्पा पञ्चीकोट गाउँकी एक बालिकाको मृत्यु भएको छ । अत्याधिक वर्षा भएकाले पर्खाल भत्किएर दुई वर्षकी बालिकाको मंगलबार मध्यान्ह मृत्यु भएको हो । 

प्रहरीका अनुसार घटनापछि जानकारी संकलन गर्न प्रहरी परिचालित गरिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले घटना स्थलमा प्रहरी पुगेको बताए । उनले घर नजिकको पर्खाल वर्षाका कारण भिजेकाले भत्किएको बताए । पञ्चीकोट गाउँ पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ नजिकै पर्छ । मृत्यु हुनेमा स्थानीय जुठे घर्तीकी दुई वर्षकी छोरी समीक्षा थिइन् ।


घटना हुँदा अभिभावक घरमा नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । घटनास्थलमा सुरक्षाकर्मी पठाएर उद्धार गरिएको प्रजिअ ढकालले बताए । उनले जिल्लाका अन्यत्र स्थानमा भारी वर्षा भएपनि घटना नभएको बताए ।


घटनास्थलमा सुनिलस्मृति गाउँपालिकाका प्रमुख गुणेन्द्र घर्तीमगरसहितको टोली राहत लिएर पुगेको छ ।

प्रकाशित : असार २४, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?