नवलपरासीमा चन्द कार्यकर्ता पक्राउ

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा नेकपा माओवादी नेत्रविक्रम चन्द समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीले चन्द समूहको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला इन्चार्ज शारदा भण्डारी र जिल्ला कमीटी सदस्य कमालुद्धिन अन्सारीलाई पक्राउ गरेको हो । 

अन्सारीलाई रामग्राम १० र भण्डारीलाई सरावल गाउँपालिका १ बासाबाट नियन्त्रणमा लिएको हो । बुधबार र आज बिहान पक्राउ परेका उनीहरु दुवै जनालाई आगलागी तथा संगठीत अपराध अर्न्तगत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी वीरेन्द्र थापाले बताए ।


प्रहरीले चन्द कार्यकर्तालाई नियन्त्रणमा लिएर सवारीसाधनमा आगलागी र संगठित अपराधको अभियोग लगाउने गरेको छ । २२ जना फरार सूचीमा रहेका चन्द कार्यकर्ता मध्य ६ जनालाई नियन्त्रणमा लिएको छ भने १६ जना अझै फरार छन् ।

प्रकाशित : असार २६, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?