१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सिद्धबाबा नजिकै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

घनश्याम गौतम

रुपन्देही — सिद्धार्थ राजमार्गको बुटवल नजिकैको सिद्धबाबामा पहिरो गएपछि बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको माथिल्लो सिद्धबाबा नजिकैको हेडबक्समा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

सडकमा ठुला ढुङ्गा सहितको पहिरो खसेको छ । पहिरोले पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटना हुनबाट जोगिएको र अहिले पाल्पा तर्फबाट आएका सवारी साधन दोभानमै र बुटवलबाट गएका सवारी साधन तल्लो सिद्धबाबा नजिकै राखिएको छन् ।


पानी परिरहेकाले पहिरो तत्काल हटाउन सक्ने अवस्था नरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए ।


बुटवल क्षेत्रमा तीन दिनदेखि लगातार पानी परिरहेको छ । पानी पर्न नरोकिएसम्म पहिरो पन्छ्याउन पनि कठिन रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २६, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?