२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौँ — बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ । 

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे१ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे४प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे । चाैधरीकाे टाउकामा ठूलो चोट लागेकाले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‌याइए पछि मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । अहिले उक्त बस र चालक थारुलाई प्रहरीको नियन्त्रण लिएर अनुसन्धान थालिएको उजले बताए ।

प्रकाशित : असार २९, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?