कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ राजमार्ग दुईतर्फी खोल्ने प्रयास 

माधव अर्याल

पाल्पा — एकतर्फी स‌ंचालनमा आएकाे सिद्धार्थ राजमार्गमा दुईतर्फी यातायात संचालन गर्न ढुंगा पन्छाउने काम भइरहेकाे छ । बिहान साढे १० बजेदेखि एकतर्फी चलेकाे राजमार्ग दुईतर्फी खुलाउनका लागि यातायात बन्द गरेर काम संचालन भइरहेकाे छ । राजमार्ग बन्द गरेर ढुंगा फोर्नु परेको जिल्ला प्रहरी पाल्पाका प्रमुख दीपेन्द्र जीसीले बताए । 

सिद्धार्थ राजमार्ग दुईतर्फी खोल्ने प्रयास 

२ बजेदेखि राजमार्ग बन्द गरेर ढुंगा फोर्न लागिएको छ । ‘ढुंगा फोरेर सकेपछि राजमार्ग सुचारु हुन्छ,’ उनले भने, ‘केही समय लाग्ने र सवारी साधन गुड्दा काम गर्न नसकेपछि राजमार्ग बन्द गरेर काम गरेको हो ।’


शनिबार दिउँसो राजमार्गको तिनाउ गाउँपालिका–३, विद्युत ड्याम साइड रामापिथेकस पार्क नजिकै ढुंगासहितको ठूलो पहिरो खसको थियो । पहिरोले बगाएर एक ३१ वर्षीय निस्दी–४, मित्याल भिरपानीका घनबहादुर सुनारी मगरको घटनास्थलमै मृत्यु भएको थियो ।


पहिरोले मोटरसाइकलसहित चालकलाई तिनाउ नदी नजिक पुर्‍याएको थियो । सिद्धबाबा क्षेत्रमा पानी नपर्दासमेत ढुंगा खस्ने र पहिरो जाने भइरहेको छ ।

प्रकाशित : असार २९, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?