कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

कमल पन्थी

बर्दिया — पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका—६ स्थित गिट्ठे खोलामा पौडी खेल्न लाग्दा स्थानीय १० वर्षीया सिता गिरी र सोही ठाउॅ बस्ने ८ वर्षीय ध्रुव नाथ योगीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका करिब साढे सात बजे उक्त घटना भएको थियो । घटना लगतै इलाका प्रहरी कार्यालय बगनाहाका प्रहरी निरीक्षक प्रदीप डिसीको कमाण्डमा प्रहरी टोली गएको थियो । बर्दिया निकुन्जबाट आएका सेनाका गोताखोरले राति करिब १० बजे दुवैको शव फेला पारेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जनाए ।


प्रकाशित : असार २९, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?