२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सिद्धार्थ राजमार्ग पाँच घण्टा बन्द गरेर दुईतर्फी खोल्ने प्रयास 

माधव अर्याल

पाल्पा — डिभिजन सडक कार्यालय पाल्पाले शनिबारदेखि एकतर्फी संचालनमा आएको सिद्धार्थ राजमार्ग पाँच घण्टा बन्द गरेर दुईतर्फी खोल्ने प्रयास गरेको छ । त्यसका लागि डिभिजनले सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म बन्द गरेर डोजर, स्काभेटर, ब्रेकर लगाउने जनाएको छ ।

सिद्धार्थ राजमार्ग पाँच घण्टा बन्द गरेर दुईतर्फी खोल्ने प्रयास 

कार्यालयले आइतबार बेलुकी सूचना प्रकाशन गरेर सोमबार दुईतर्फी संचालनको प्रयास स्वरुप सडक बन्द गरेरै भए पनि काम गर्ने जनाएको थियाे ।


डिभिजन प्रमुख केदार नेपालका अनुसार दुबैतर्फका सवारीसाधन रोकेर सडक छेउछाउको पहिरो र ढुङ्गा हटाउन लागिएकाे हो । उनका अनुसार मोटरसाइकल र चालक बगाउने गरी शुक्रबार खसेको पहिरोको माथिल्लो भागमा ठूला ढुंगा रहेकाले त्यसलाई समेत हटाउनका लागि सडकमा सवारी साधन बन्द गर्न लागिएको बताए ।


सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३, दोभानप्रहरी चौकीदेखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउका ढुङ्गा र पहिरोले दुर्घटनाको जोखिम बढाएको छ ।


वर्षायाम सुरु भएसँगै प्रत्येक वर्ष बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स क्षेत्र अत्यधिक जोखिम क्षेत्रका रुपमा लिइन्छ । त्यसबाहेक तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्र, झुम्सा, केराबारी लगायतका क्षेत्रमा पनि पहिरो र ढुंगा खसेको छ ।

प्रकाशित : असार ३०, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?