२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चित्तल मारेको अभियोगमा तीन पक्राउ

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरी चित्तल मारेको अभियोगमा मंगलबार दिउँसो तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा बारबर्दिया नगरपालिका—१० लम्कीफाँटाका श्याम लाल चौधरीको घरबाट १२ केजी चित्तलको मासु र छाला सहित उनलाई पक्राउ गरेको हो ।

चित्तल मारेको अभियोगमा तीन पक्राउ

ईलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार चौधरीको सूचनाका आधारमा बारबर्दिया—७ हर्नवाका चित्तल मार्न प्रयोग गरिएको भरुवा बन्दुक एक थान र ६ केजी चित्तलको मासु फेला परेको बताए ।


भरुवा बन्दुक भने ओछ्यानमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको छ । यसैगरी बारबर्दियाकै रामफल थारुको घरबाट प्रहरीले २ केजी चित्तलको मासु सहित उनलाई नियन्त्रणमा लिएको हो । चित्तल मारेका अन्य चार जना फरार रहेको प्रनि गौतमले जानकारी दिए ।


पक्राउ गरिएका तीनजनालाई चित्तलको मासु र भरुवा बन्दुक सहित बर्दिया निकुञ्जमा कारबाहीका लागि पठाइएको छ । उनीहरु विरुद्ध वन्यजन्तु मारेको अभियोगमा मुद्दा दायर गरिएको निकुञ्जले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?