कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेयरको तलब–भत्ता सामाजिक काममा 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले आफ्नो तलब–भत्ता स्वास्थ्य चौकी स्तरोन्नतिका लागि दिएका छन् । 

मेयरको तलब–भत्ता सामाजिक काममा 

स्थानीय तहको निर्वाचनमा तलब भत्ता नलिने घोषणा गरेका थापाले आफूले प्राप्त गरेको सबै रकम सामाजिक काममा खर्च गरेका हुन् । नगरप्रमुखको कार्यभार सम्हालेको दुई वर्षमा नगरप्रमुख थापाले तलब–भत्तावापत १५ लाख रुपैया पाएका छन् ।


पहिलो वर्षको तलब भत्तावाफत प्राप्त रकम ज्येष्ठ नागरिकलाई तीर्थयात्रा, असहाय र विपन्नको जीविकोपार्जन तथा उपचारमा सहयोग गरेका थिए । २०७५/७६ मा प्राप्त गरेको ८ लाख ४० हजार रुपैया सुनवल स्वास्थ्यचौकीलाई उपलब्ध गराएका हुन । ‘मैले निर्वाचनमा सुविधा नलिने घोषणा गरेको थिए, तर रकम खातामा आउँदो रहेछ,’ थापाले भने, ‘पहिलो एक वर्षको रकम असहाय र वृद्धवृद्धाको सहयोगमा खर्च गरे, दोस्रो वर्षमा प्राप्त रकम स्थानीयलाई स्वास्थ्य सेवाका लागि प्रदान गरेको हुँ ।’


गोष्ठी, सेमिनारमा सहभागी भएवाफत उनले हालसम्म ६ लाख रुपैया भत्ता पाएका छन् । त्यसैगरी, दैनिक भ्रमणभत्ता वाफत ९० हजार रुपैया नगरपालिकाको संचित कोषमा जम्मा गरिदिएका छन् । आगामी दिनमा प्राप्त गर्ने रकम पनि सामाजिक काममा प्रयोग गर्ने बताए । नगर प्रमुख थापाले सरकारी सुविधाको सवारी र इन्धन पनि पनि प्रयोग गर्दैनन् ।

प्रकाशित : श्रावण ९, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?