कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको आक्रमणमा परी घाइते

कमल पन्थी

बर्दिया — निकुञ्जबाट निस्किएको हात्तीले आक्रमण बर्दियामा एक जना घाइते भएका छन् । सोमबार दिउँसो २ बजेतिर गेरुवा गाउँपालिका—३ का अन्दाजी करिब ७० वर्षीय भरथरे चौधरीलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीले आक्रमण गरेको हो ।

कर्णाली नदी किनारमा बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण १३, २०७६ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?