३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मुद्दा फर्स्योट बढ्यो

कान्तिपुर संवाददाता

प्यूठान — जिल्ला अदालतमा मुद्दा फर्स्योटको संख्या बढेको छ । वार्षिक योजना बनाएर न्याय सम्पादन गर्न थालेपछि मुद्दा फर्स्योटको दर बढेको हो ।

आर्थिक वर्ष ०७३/७४ मा ५९ दशमलव ८६ प्रतिशत मुद्दा फर्स्योट भएको थियो । आव ०७४/७५ मा जिम्मेवारी सरी आएका १ सय २०, नयाँ दर्ता ३ सय ६ मध्ये ३ सय २० फर्स्योट भएर ७५ दशमलव ११ प्रतिशत मुद्दा फर्स्योट भए । आव ०७५/७६ मा जिम्मेवारी सरी आएका १ सय ६, नयाँ दर्ता ३ सय ८० मध्ये ३ सय ८० मुद्दा फर्स्योट भए । मुद्दा प्रतिशत संख्या बढेर अहिले ७८ दशमलव १८ रहेको जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमले बताए ।

यसपालि न्यायपालिकाको चौथो पन्चवर्षीय रणनीतिक योजनाअनुसार न्याय सम्पादनलाई अझ प्रभावकारी बनाइने गौतमले बताए । छिटोछरितो न्याय सम्पादन, न्यायमा सबैको पहुँचमा अभिवृद्धि, अदालत व्यवस्थापनमा सुदृढीकरण, न्यायिक जनशक्तिको कार्य संस्कृतिमा सुधार, कानुनी सहायतालाई प्रभावकारी आदिमा जोड दिइएको छ । आव ०७६/७७ मा नयाँ मुद्दा ३ सय ४३ दर्ता हुने अनुमान गरेको गौतमले बताए । यसमध्ये कम्तीमा २ सय ५९ फर्स्योट गर्ने लक्ष्य लिएर कार्यक्रम बनाएको उनले जनाए । यस वर्ष जिल्लाका ९ वटै स्थानीय तहका न्याय समितिलाई तालिम, अर्धन्यायिक निकाय जिल्ला प्रशासन, जिल्ला वन डिभिजन र मालपोत कार्यालयमा अनुगमन गर्ने, जिल्लाका सञ्चारकर्मीसँग भेटघाट गरी प्रगतिको समीक्षा गर्ने, जिल्लाका ४ स्थानमा न्यायमा बाह्य पहुँच बढाउन स्थानीय समुदायसँग छलफललगायतका कार्यक्रम बनाएको छ । अदालतमा यस वर्ष सरी आएका मुद्दा एक वर्षभन्दा पुराना नरहेको जनाएको छ । मुद्दा फैसला कार्यान्वयन ७५ प्रतिशत पुगेको अदालतले जनाएको छ ।


प्रकाशित : श्रावण १९, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?