दुर्घटनामा एकको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङको गढवामा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । गढवा- कालाकाटे सडकखण्ड अन्तर्गत गढवा गाउँपालिका ५ बाँकी चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु ५ प ९७११ नम्बरको मोटरसाइकलले साेमबार राति ठक्कर दिँदा गढवा ५ सोनपुरुवाका ६० वर्षीय गंगाराम यादवको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते यादवको उपचारका क्रममा राति लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहीले बताए। चालक गढवा ५ पर्नहवाका १८ वर्षीय रोहित चौधरी र मोटरसाइकल नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?