दाङमा बस पल्टियो, १४ यात्रु घाइते

दुर्गालाल केसी

दाङ — घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका १० अमराईमा मंगलबार दिउँसो बस पल्टिँदा १४ यात्रु घाइते भएका छन् । 

दाङमा बस पल्टियो, १४ यात्रु घाइते

तुलसीपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा सडकदेखि १० मिटर तल खेतमा पल्टिएको हो । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । उनका अनुसार चालक फरार रहेकोले खोजी भइरहेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?