२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

छाडा चौपाया व्यवस्थापन गरिँदै

दुर्गालाल केसी

दाङ — जिल्लाका स्थानीय तहले बजार क्षेत्रका छाडा चौपायाको व्यवस्थापन गर्न थालेका छन् । यस्ता चौपयाहरुलाई घोराही उपमहानगरपालिकाले २ को चाक्लीघाटमा लगेर राखिएको छ । चौपायाले सास्ती दिन थालेपछि व्यवस्थापन गर्न थालिएको हो ।

छाडा चौपाया व्यवस्थापन गरिँदै

तत्काललाई अस्थायी संरचना बनाएर व्यवस्थापन गर्न थालिएको र छिट्टै दिगोरुपमा गौशाला बनाएर व्यवस्थापन गरिने घोराही उपमाहानगरका अध्यक्ष नरुलाल चौधरीले बताए । ‘बजारमा छाडा चौपायाले साह्रै सताए । तत्काल बजारमा व्यवस्थापन गर्ने कुनै उपाय भएन,’ उनले भने,‘चाक्लीघाट बजारभन्दा टाढा भएको र जंगल प्रशस्त भएकाले त्यही राख्न थालिएको छ । अब गौशाला बनाएर व्यवस्थित गर्छौं ।’


पहिलो चरणमा मंगलबार तीन वटा ट्रकमा एक सय बढी गाईगोरु चाक्लीघाट लगिएको नगरप्रमुख चौधरीले जानकारी दिए । छाडा चौपायाले सडकमा दुर्घटनाको जोखिम बढाएको, विरुवाहरु खाएको, आवतजावतमा बाधा पुर्‍याएको र तरकारी तथा फलफूल खाइदिने गरेको स्थानीवासीको गुनासो छ ।


यसैगरी तुलसीपुर उपमहानगरपालिकाले पनि छाडा चौपाया व्यवस्थापन गर्न थालेको नगर प्रमुख घनश्याम पाण्डेले बताए । छाडा पशुले समस्या बढाउन थालेपछि पहिलो चरणमा १ सय २५ गाई संकलन गरी तुलसी गौ संरक्षण सहकारी संस्थालाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

सहकारी र उद्यमलाई जोडेर चौपाया नियन्त्रणको काम थालिएको मेयर पाण्डेको भनाइ छ । ‘छाडा गाईगोरुले बजारमा समस्या सिर्जना गरेका छन् । शहरको सुन्दरता बिग्रिएको छ । दुर्घटनाको जोखिम बढेको छ,’ उनले भने, ‘अब सबै नागरिक जिम्मेवार हुनुपर्छ । जथाभावी गाईगोरु छोड्नुहुँदैन । गाई पालेर आयआर्जनका काम गर्नुपर्छ ।’

प्रकाशित : श्रावण २१, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?