कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँदर लखेट्दा भीरबाट लडेर मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — मकैबारीमा पसेको बाँदर धपाउने क्रममा भीरबाट लडेर १ युवाको ज्यान गएको छ । मालारानी गाउँपालिका–२ अमिलेका ३६ वर्षीय विजय केसीको अमिलेको भीरबाट खसेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

बारीमा बाँदर पसेर मकैका घोगा भाँच्दै गरेको देखेपछि उनी घरबाट दौडेर मकैबारीमा पुगेका थिए ।

४ वर्षयता मालारानी, छत्रदेव, पाणिनि गाउँपालिका र सन्धिखर्क नगरपालिकाका गाउँमा बाँदरको बिगबिगी बढ्दो छ । मकै जोगाउन कृषकले बारी छेउमै चौकीदारी गर्नुपर्ने बाध्यता छ । बाँदरको ठूलो संख्यामा बगाल भएकाले चौकीदारी बस्दा पनि बारीका आधाभन्दा धेरै मकै नोक्सान गरिदिने कृषकको गुनासो छ ।


प्रकाशित : श्रावण २२, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?