२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सर्पदंशबाट दिदीबहिनीको मृत्यु

दुर्गालाल केसी

दाङ — विषालु सर्पले डसेर राजपुरमा दिदीबहिनीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ भौवानाका निवासी शेरबहादुर सार्कीका छोरीहरु १२ वर्षीया करिष्मा र १० वर्षीया सुजुको घरमा सुतेको बेला सर्पले डसेर बिहीबार राती मृत्यु भएको हो ।

सर्पको टोकाइबाट गम्भिर बिरामी परेका दिदीबहिनीको उपचारका लागि भारततर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


करिष्मा स्थानीय शिवशक्ति माध्यमिक विद्यालयमा कक्षा ७ र सुजु कक्षा ५ मा अध्ययनरत थिए ।

प्रकाशित : श्रावण २४, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?