नेपालगन्जमा बिहीबार मध्यरातमा भीषण आगलागी

डेन्टल अस्पतालसहित एक दर्जन फर्निचर उद्योग जलेर ध्वस्त
ठाकुरसिंह थारु

नेपालगन्ज — बिहीबार मध्यराति आगलागी हुँदा नेपालगन्जको बीपी चोक नजिकै रहेको डेन्टल अस्पतालसहित एक दर्जन फर्निचर उद्योग जलेर ध्वस्त भएका छन् ।

प्रहरीका अनुसार, सरदार डेन्टल क्लिनिकसहित सानिया स्टिल, स्टार फर्निचर, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, प्रताप फर्निचर, न्यू रुवी फर्निचर, आलिया, हिमाल, एवान, वावा फर्निचर, वावा ट्रेड्समा आगलागी भएको हो । ढिलागरी दमकल पुग्दा आगलागी नियन्त्रणमा समस्या भएको प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?