कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आधा बजेट फिर्ता

कान्तिपुर संवाददाता

रुकुम पूर्व — प्रदेश सरकारले विकासका लागि जिल्लामा पठाएको झन्डै आधा बजेट फिर्ता भएको छ । गत आवको बजेटमध्ये चालुतर्फ ५४.२४ प्रतिशत र पुँजीगततर्फ ७८.५१ प्रतिशत बजेट मात्रै खर्च भएको छ । 

चालु र पुँजीगत शीर्षकमा प्रदेश सरकारबाट १५ करोड ४९ लाख ७२ हजार आएकोमा ४ करोड ८८ लाख ३ हजार रुपैयाँ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालुतर्फ ६ करोड ३८ लाख ६६ हजारमध्ये ३ करोड ४६ लाख ४५ हजार खर्च भएको छ । यसैगरी पुँजीगततर्फको ९ करोड ११ लाख ६ हजारमध्ये ७ करोड १५ लाख २३ हजार खर्च हुन सक्यो ।


संघीय सरकारबाट चालु र पुँजीगततर्फको १ अर्ब २० करोड ३६ लाख ५ हजार मध्ये १ अर्ब १३ करोड १ लाख १६ हजार मात्र खर्च भएको छ । चालुतर्फ १ अर्ब १५ करोड ९४ लाख २ हजारमध्ये १ अर्ब ८ करोड ६१ लाख २० हजार खर्च भएको छ । पुँजीगततर्फ ४ करोड ४२ लाख ३ हजार मध्येमा ४ करोड ३९ लाख ९८ हजार खर्च भएको कोलेनिकाले जनाएको छ ।


आव ०७५/०७६ मा संघीय र प्रदेश सरकारको गरी चालु तथा पुजिगत दुवै शीर्षकमा १ अर्ब ३५ करोड ८५ लाख ७७ हजार बजेट जिल्लाका लागि प्राप्त भएको थियो । जसमा १ अर्ब २३ करोड ६२ लाख ८७ हजार मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल जीवनकुमार कार्कीले बताए ।


कुल बजेटको ९ प्रतिशत रकम खर्च हुन नसकेको कार्कीले सुनाए । कर्मचारी अभाव, योजना छनोटमा कमजोरी र समयमै योजना कार्यान्वयनमा चासो नदिइँदा बजेट खर्च हुन नसकेको स्थानीय सरकारको दाबी छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?