साइक्लिङमा सोख

कान्तिपुर संवाददाता

नेपालगन्ज — नेपालगन्जका व्यवसायी सुरेन्द्र कार्की बजार आसपास नियमित साइकलमै यात्रा गरिरहेका हुन्छन् । पेट्रोल नचाहिने, स्वास्थ्य र वातावरणका लागि पनि उपयोगी भएकाले साइकल यात्रालाई महत्त्व दिएको कार्कीले बताए । ‘गर्मी मौसममा गाउँको जनजीवन नियाल्दै साइक्लिङ गर्दा छुट्टै आनन्द हुन्छ ।’

अहिले बाँकेका युवादेखि व्यवसायी, स्वास्थ्यकर्मी, सञ्चार उद्यमीमा साइक्लिङको सोख बढ्दो छ । धेरै युवाको रोजाइ अन्य बिलासिताका मोटरसाइकल र कारभन्दा साइकल रहन थालेका छ । कार्कीका अनुसार साइकिलिङ एरोबिक्स क्याटेगोरीको गेम हो । यो पुरै स्वाससँग सम्बन्धित हुन्छ । ‘सामान्य अवस्थामा भन्दा साइकल चलाउँदा १० प्रतिशत बढी अक्सिजन प्राप्त हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा सामान्य ध्यानको विधि पनि थपे साइकिलिस्टका लागि थप उपयोगी हुन्छ ।’


नेपालगन्जमा साइक्लिङ ‘क्रेज’ बढेपछि यहाँका युवाले नेपालगन्ज साइक्लिङ क्लब स्थापना गरेका छन् । त्यसले साइक्लिङलाई थप विस्तार गर्दै छ । २०७५ सालमा ११ जनाबाट सुरु भएको नेपालगन्ज साइक्लिङ क्लबमा पछिल्लो समय सदस्य थपिदैं ४५ जना पुगेका छन् । सबै सदस्यले नियमित साइक्लिङ गर्छन् ।


हरेक दिन नियमित साइक्लिङ गर्नेको संख्या थपिंदै गएको क्लबका संस्थापक टिएस ठकुरीले बताए । ‘नियमित १५ जनासम्मले साईक्लिङ गर्छन्,’ उनले भने, ‘समय र अवस्था अनुसार संख्या थपघट हुने गर्छ ।’ शुरुमा सानो समूहभएपनि फाईदा देखिएपछि क्लबमा सदस्य बढ्दै छन् । क्लबमा शुरुमा सदस्य बनाउन ठुलै कसरत गर्नुपरे पनि पछिल्लो समय स्वतस्फुर्त रुपमा सदस्य बढदै गएको सदस्य सतीश निरौलाले बताए। ‘मोटरसाइकलको जादुमा परेका बाँकेका युवालाई हामीले हेलमेट लगाएर साइकल चलाउन हौस्यायौं,’ उनले भने, ‘साइक्लिङले नेपालगन्जमा माउन्टेन बाइक पनि बिक्री हुन थालेका छन् ।


नेपालगन्जमा अहिले २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका माउन्टेन बाइक बिक्रीका लागि राखिएका नेपालगन्ज बाइसाइकल प्रालिका प्रबन्धकसमेत रहेका उनले बताए । एक वर्षको अवधिमा १ लाख ५० हजारका चार् माउन्टेन बाइक बिक्री भएको ऊनले सुनाए ।


साइक्लिङको त्रेज बढेपछि नेपालगन्जमा साइकल लेनको माग भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धबलशमशेर राणा र उपप्रमुख उमा थापा दुवैले साइकल लेन बनाउने प्रतिबद्धता जनाएको क्लबका सचिव गगन थापाले बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?