कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ 

कमल पन्थी

(बर्दिया) — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी गणेश अर्याललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतमा तारेख बुझेर फर्कने क्रममा राधाकृष्ण चोकबाट अर्याललाई पक्राउ गरिएको हो । अर्याल स्थानीय प्रहरीको सर्वाधिक खोजीमा थिए । 

उनीविरुद्ध वडा कार्यालयमा आगजनी लगायत अभियोग रहेका प्रमुख जिल्ला अधिकारी रामबाहदुर कुरुम्बाङले जनाए ।

प्रकाशित : श्रावण २६, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?