भारतमा चरेस सहित दुई नेपाली पक्राउ 

कमल पन्थी

बर्दिया — भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई नेपाली नागरिकलाई आइतबार बेलुकी पक्राउ गरेको छ । आठ किलो चरेस सहित उनीहरुलाई भारत प्रवेश गर्ने क्रममा खानतलाशी गर्दा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुकुम मैकोट-९ का ४५ वर्षीय बलबहादुर पुन र ३५ वर्षीया कमला मगर रहेको एसएसबीलाई उद्धृत गर्दे बर्दिया प्रहरीले जनाएको छ । मधुवन नगरपालिकासँग जोडिएको नेपाल भारत सीमा बहराईच जिल्लाको रामपुरस्थित पिलर नम्बर ७६ नजिक उनीहरु पक्राउ परेका हुन् । भारतको निशानगाढा हुँदै नयाँ दिल्ली जान लागेका पुन र मगर भने भरिया भएको अनुमान प्रहरीको छ ।

प्रकाशित : श्रावण २७, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?