१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुम्सी मारेर खाने तीन जना पक्राउ 

माधव अर्याल

पाल्पा — जंगली जनावर दुम्सी मारेर खाने रिव्दीकोट गाउँपालिकाका तीन जना पक्राउ परेका छन् । रिव्दीकोट गाउँपालिका–५ कुसुमखोला मरेडाँडा बसन्तबहादुर खड्का क्षेत्र, सोही गाउँपालिका ६ का भीमबहादुर गाहा, र धनबहादुर गाहा पक्राउ परेको प्रहरीले जनाएको छ । 

दुम्सी मारेर खाने तीन जना पक्राउ 

डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । भीमबहादुर छोरा आषिश गाहाको नाममासमेत पक्राउ पूर्जी जारी गरेको प्रहरी जनाएको छ । उनी बिरामी भएकाले पक्राउ नगरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कुसुमखोलाका बसन्तले ‘बल्ल आज दुम्सीको मासु खान पाइयो’ लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।


विभिन्न व्यक्तिलाई समेत ट्याग गरिएको थियो भने मरेको दुम्सी र मासु काटेको देखेपछि त्यसैको आधारमा पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईले बताए ।

जंगलका वन्यजन्तु मारेर रुपमा खान पाइदैन । उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको अनुसन्धान अधिकृत यमलाल पोखरेलले बताए । उनका अनुसार २० हजारसम्म जरिवानाका साथै एकवर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?