कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाल्पामा रोपाइँजात्रा 

माधव अर्याल

पाल्पा — पाल्पामा रोपाइँजात्रा मनाइएको छ । असारमा धान रापाइ गरेपछि मनाइने यो जात्रा नेवार संस्कृतिबाट सुरू भएको हो । पाल्पाको तानसेन, नायर, रामपुर, सराई लगायतका स्थानमा शनिबार जात्रा निकालेर मनाइएको हो ।

पाल्पामा रोपाइँजात्रा 

परम्परागत रुपमा निकालिदै आएको रोपाइँ जात्रा यसपटक पनि परम्परा धान्ने काम भएको छ । पश्चिम पहाडको मौलिक पर्वका रुपमा रहेको रोपाइँ जात्रामा धान रोप्दा गरिने क्रियाकलाप झल्काउने खालको अभिनय गरिन्छ ।


अघिअघि गोरु हली अनि पछि पछि रोपारले हिलोमा धान रोपेको अभिनय गर्दै रोपाइँ निकालिन्छ । जात्रा हेर्न चोकचोकमा भीड लागेको थियो ।


धान रोप्ने काम सकिएको खुसियालीमा मनाइने यो जात्रामा रोपाइँमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ असारे गीत गाउदै र नाच्दै रमाईलो गर्दछन् ।

प्रकाशित : श्रावण ३२, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?