ट्रकको ठक्करबाट दाजुभाईको मृत्यु

दुर्गालाल केसी

दाङ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ रिहारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट दाजुभाईको मृत्यु

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३४०३ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ गइरहेको रा १ प ११३१ नम्बरको मोटरसाइकललाई शनिबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु भएको छ ।


मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–५ धर्नाका ४२ वर्षीय बिनोद बस्नेत र नेपालगन्ज उपमहानगरपालिका ४ कारकाँदोका ४५ वर्षीय रमेश बस्नेत छन् ।


विनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान घोराही र रमेशको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक नियन्त्रणमा लिएको र चालक फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

प्रकाशित : भाद्र १, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?