कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पाल्पामा बाघ जात्रा

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेनमा आइतबार बाघ जात्रा देखाइएको छ । सो अवसरमा तानसेनको बजारमा बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । 

पाल्पामा बाघ जात्रा

प्रत्येक वर्ष रोपाईजात्राको भोलिपल्ट बाघ जात्रा मनाइने गरिन्छ । परापूर्वकालदेखि मनाइदै आएको बाघजात्रा पछिल्ला वर्षहरुमा भने हराउदै गएको छ । केहीवर्ष अघि देउराली अध्ययन सांस्कृतिक प्रतिष्ठानले जात्राको जर्गेनाको पहल गरेको थियो ।


काठमाडौंपछि सबैभन्दा बढि जात्रा मनाइने सहरका रुपमा मानिने पाल्पामा जनैपूर्णिमाको दिनदेखि लगातार ९ दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ ।


प्रकाशित : भाद्र १, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?