कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दर्जन बस्तीमा ल्होसारको रौनक

कान्तिपुर संवाददाता

मुगु — यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने लामाहरूले ग्याल्बो ल्होसारलाई नयाँ वर्षका रूपमा धुमधामसाथ मनाउन थालेका छन् । उनीहरूले शुक्रबार बिहानैदेखि अग्रजसँग टिका थापेर आर्शीवाद मागे । यहाँ करिब एक सातासम्म ल्होसार पर्व मनाइन्छ ।

नयाँ लुगा लगाउने र मीठो खाना खाने पर्वको रुपमा पनि ल्होसारलाई लिने गरिएको छ । पहिलो दिन गुरु लामा र ठूलाबडासँग भेटघाट गरी आशीर्वाद लिने, दोस्रो दिन घरमा इष्टमित्र डाकेर खानापिन गर्ने र तेस्रो दिन नाचगान गरेर ग्याल्बो ल्होसार मनाउने गरिन्छ । भोटे पहिरन, गलामा खादा, निधारमा रातो टीका र गरगहना लगाएर लामाहरूले ल्होसार पर्व मनाउने गरेका छन् ।

‘आजबाट हाम्रो नयाँ वर्ष लाग्यो,’ मुगुम कार्मारोङ गाउँपालिका १ का कार्माफुन्जोक लामाले शुक्रबार भने, ‘करिब एक सातासम्म रमझम गरि ग्याल्बो ल्होसार मनाउँछौं ।’ मुगुम कार्मारोङ गाउँपालिकाबाट आई गमगढीमा अस्थायी बसोबास गर्ने लामाहरूले समेत गुम्बा र चौरमा जम्मा भएर ग्याल्बो ल्होसार मनाउने गरेका छन् ।

कार्ति, किम्री, ताखा, खारी, रिउस, पुवा, पुलुलगायत १२ जनजातिको बस्तीमा ग्याल्बो ल्होसार पर्व रमाइलो र उत्साहका साथ मनाइन्छ । ग्याल्बो ल्होसारले मुगुम कार्मारोङ गाउँपालिकाका बस्तीहरूमा रौनक छाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?