कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्रिपरिषद्ले पूर्णता पायो

कान्तिपुर संवाददाता

सुर्खेत — मुख्यमन्त्री माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त भएको चार दिनपछि प्रदेश ६ को मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । एमाले र माओवादी केन्द्रका ६ सांसदले आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनीयताको शपथ लिए ।

मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ३ र एमालेका ४ मन्त्री छन् । एमालेबाट प्रकाश ज्वाला, दलबहादुर रावल, नन्दसिं बुढा र खड्क खत्री तथा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्रीमा नियुक्त भएका छन् ।

सल्यानबाट निर्वाचित सांसद ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्रिपरिषद्को दोस्रो वरीयतामा उनी छन् । मुख्यमन्त्रीमा दाबी गरेका जुम्लाका माओवादी केन्द्रका सांसद नरेश भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पूर्वसभासद पनि हुन् ।

एमालेबाट हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय, डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण, सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रबाट रुकुमकी विमला केसीले भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी पनि पूर्वसभासद हुन् ।


प्रकाशित : फाल्गुन ७, २०७४ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?