२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

राप्ती लोकमार्ग जीर्ण

कान्तिपुर संवाददाता

सल्यान — कालोपत्रे गरिएको तीन वर्ष नबित्दै राप्ती लोकमार्गको तुलसीपुर–सल्यान सडकखण्ड जीर्ण बनेको छ । ठेकेदारले गुणस्तरहीन काम गरेकाले कालोपत्रे उप्किँदै गएको स्थानीयको आरोप छ ।

कालोपत्रे उप्केर सडक धुलाम्मे हुँदा यात्रुले सास्ती खेपेका छन् । ६२ दशमलव ७ किमि सडकखण्ड कालोपत्रे गर्न ३९ करोड रकम खर्च भएको थियो । आर्थिक वर्ष २०६६/६७ मा निर्माण सुरु गरेको ठेकेदार कम्पनी सन्तोषी निर्माण सेवाले चार वर्ष लगाएर कालोपत्रेको काम सकेको हो ।


कालोपत्रे उप्केको ठाउँमा सडक डिभिजन कार्यालय दाङले मर्मत गर्दै आए पनि गुणस्तरहीन भएको स्थानीयको आरोप छ । कालोपत्रे गर्ने क्रममा डिभिजन कार्यालयका कर्मचारी र ठेकेदारको मिलोमतो भएकाले छोटो समयमै सडक काम नलाग्ने भएको स्थानीय बलबहादुर गिरीले बताए । सडकको अवस्थाका कारण गाडीभित्र बस्नसमेत कठिनाइ हुने गरेको उनको भनाइ छ ।


गाडीभित्रका यात्रुहरू धूलोले छोपिने गरेको स्थानीय देवबहादुर रानाले बताए । ओटासिल कालोपत्रे सबै उत्रिएकाले आउजाउमा पहिलेभन्दा जोखिम बढेको उनको भनाइ छ । दाङ–सल्यान सडकअन्तर्गत राम्रीदेखि शीतलपाटीसम्मको सडक सबैभन्दा जीर्ण भएको उनले जनाए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?