१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम

मन्त्रिपरिषद्को पहिलो बैठक थप २० निर्णय
प्रकाश अधिकारी

सुर्खेत — प्रदेश ६ सरकारको पहिलो बैठकले अल्पकालिन तथा दीर्घकालिन कार्यक्रमसहित विभिन्न २१ निर्णय गरेको छ । नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहणलगत्तै आइतबार साँझ बसेको बैठकले आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिएको छ । 

‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम

मुख्यमन्त्री महेन्द्रबहादर शाहीको अध्यक्षतामा उनकै कार्यालयमा बसेको बैठकले विभिन्न मन्त्रालयसंग सम्बन्धित आर्कषक र महत्वाकांक्षी नारा समेत तय गरेको छ । मन्त्रीपरिषदले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरिने विषयवस्तुहरू समेत पहिलो बैठकमै समेटेको छ । मन्त्रीपरिषदले सरकारको प्रवक्तामा भूमी सुधार, कृषि, पशु सेवा तथा सहकारी मन्त्री विमला केसीलाई नियुक्त गरेको छ । प्रवक्ता केसीका अनुसार, प्रदेश सरकारले ‘जनतासंग मुख्यमन्त्री’ कार्यक्रम लागू गर्नेछ । जसका लागि छिटै कार्यविधि बनाइनेछ । ‘जनता र प्रदेश सरकारबीच सम्बन्ध स्थापित गर्न जनतासंग मुख्यमन्त्री कार्यक्रम सुरु गरिनेछ’ उनले भनिन् ।


बैठकले प्रदेश ६ को पर्यटकीय गन्तव्य र सम्भावनालाई पहिल्याउन आगामी वर्ष ‘रारा कर्णाली महोत्सव’ आयोजना गर्ने भएको छ । त्यस्तै, वातावरणमैत्री हरित अर्थतन्त्र प्रदेशको मूलमन्त्र, गरिब जनताको धन, जडीबुटी, वन्यजन्तु र वन, रैथाने बालीको संरक्षण अर्गानिक प्रदेशको आधार, समृद्ध प्रदेशका लागि लगानीमैत्री वातावरण, एक गाउँ एक घरेलु उद्योग, ज्येष्ठ नागरिक देश दर्शन लगायतका कार्यक्रम सुरु गर्ने भएको छ । प्रदेशलाई डिजिटल प्रदेश बनाउने निर्णय पनि बैठकले गरेको छ ।


भू–उपयोग नीति निर्माण गरी व्यवस्थित बस्ती विकास, व्यवसायिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने, एक सहकारी एक उत्पादन नीति लागू गर्ने, प्रत्येक गाउँ तथा नगरपालिकामा १५ शैयाको अस्पताल बनाउने केन्द्रीय सरकारको नीतिलाई यथाशिघ्र कार्यान्वयनको पहल गर्ने निर्णय गरेको छ । बैठकले हुम्ला र डोल्पामा दुई वर्षभित्र सडक पुर्‍याउने, उत्तर जोड्ने तीनवटै नाका खोल्ने निर्णय गरेको छ । साथै बैठकले प्रदेश सरकारको सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली ०७४, प्रदेश सरकार कार्यसम्पादन नियमावली ०७४, प्रदेश सरकार कार्यविभाजन नियमावली ०७४ पारित गरेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?