कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नगरपालिकाको सहयोगमा बजार सफाइ

कान्तिपुर संवाददाता

मुगु — जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सेना, प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा सदरमुकाम गमगढी बजारको सरसफाइ गरिएको छ । सहभागीहरू बजार सफाइ गर्दै हातमा कुचो र बेल्चासहित जिल्ला प्रशासनदेखि महाकाली उमावि हुँदै नयाँ सडकसम्म पुगेका थिए ।

नगरपालिकाको सहयोगमा बजार सफाइ

सरसफाइमा करिब डेढ सयको सहभागिता रहेको नगरपालिकाले जनाएको छ । सरसफाइका क्रममा सहभागीले ढल सफाइ, फोहोर संकलन तथा व्यवस्थापन गरे । पर्यटकीय स्थल रारा तालको काखमै रहेको गमगढी बजारलाई सुन्दर र सफा राख्न बृहत् सरसफाइ गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताए । उनका अनुसार नयाँ सडकको हिलो र फोहोर हटाएर त्यसमाथि माटो र गिट्टी बिच्छाइएको छ ।


आन्तरिक र बाहय पर्यटकको सुविधाका लागि गमगढीको मिलनचोकदेखि प्रशासनसम्मको सडक स्तरोन्नतिको काम थालिएको नगरपालिकाले जनाएको छ । बजार क्षेत्रलाई सफा राख्न सरसफाइ चौकीदारको व्यवस्था गरिने छायानाथ रारा नगरपालिका २ का अध्यक्ष परेकराज चौलागाईंले बताए । माथिल्लो बजार क्षेत्रमा रहेका दर्जन बढी अस्थायी घुम्ती र टहरा हटाई सडकको स्तरोन्नति गरिएको उनले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?