२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

खुल्यो गमगढी–नाग्मा सडक 

कान्तिपुर संवाददाता

दैलेख — सामान्य स्वास्थ्य समस्यामा पनि सुर्खेत र नेपालगन्ज रिफर गर्दै आएको जिल्ला अस्पताल दैलेखमा सेवा सुविधा थपिएपछि बिरामीहरूको भीड लाग्न थालेको छ । 

खुल्यो गमगढी–नाग्मा सडक 

१ वर्षअघि मुस्किलले ५० जनाको उपचार हुने जिल्ला अस्पतालमा अहिले दैनिक २ सय बढी बिरामीले उपचार गराउँदै आएका छन् । अस्पतालमा २ विशेषज्ञसहित ३ चिकित्सक कार्यरत छन् । अस्पतालमा विभिन्न प्रविधि थपिएपछि बिरामीले गुणस्तरीय उपचार पाउन थालेका छन् ।


चौबीसै घण्टा सञ्चालनमा फार्मेसी सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार करिब ३ सय बढी औषधि फार्मेसीमा १० प्रतिशत छुटमा उपलब्ध छन् । अत्याधुनिक सुविधासहितको प्रयोगशाला चौबीसै घण्टा सञ्चालनमा ल्याइएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । डिजिटल एक्सरे र कलरसहितको भिडियो एक्सरे सुविधा पनि सुरु गरिएको छ । विशेषज्ञ सुविधासहित हाइड्रोसिल, सिजरियन सेक्सन र हर्निया लगायतको शल्यक्रिया सञ्चालनमा रहेको डा. शोभित थापाले बताए । उनका अनुसार चिकित्सकसहितको दन्त सेवा पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।


यसअघि पूर्वाधार र औषधि अभाव, अस्पताल क्षेत्रमा फोहोरको समस्या, शौचालयको अभावलगायत समस्याले अधिकांश बिरामी क्षेत्रीय अस्पताल सुर्खेत जाने गरेका थिए । भनेको समयमा एम्बुलेन्स पाउन मुस्किल हुने अवस्था थियो । एक वर्षयता जिल्ला अस्पतालमा भौतिक पूर्वाधारहरूसमेत थपिँदै गएका छन् । अस्पताल परिसरमा पक्की तारबार गरिएको छ । मोटरसाइकल, एम्बुलेन्स र अन्य सवारीसाधनको पार्किङ व्यवस्थित बनाइएको छ । बहिरंग सेवानजिकै निर्माण गरिएको प्रतीक्षालयमा बिरामी र कुरुवाले सञ्चार सामग्री अध्ययन गर्ने सुविधा मिलाइएको छ ।

बहिरंग सेवा र आकस्मिक कक्षमा महिला र पुरुषका लागि भिन्दाभिन्दै शौचालय सुविधा छ । अस्पतालका अनुसार आकस्मिक कक्षलाई मर्मत गरी व्यवस्थित बनाइएको छ । विष सेवन गरी आएका बिरामीका लागि छुट्टै कोठामा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।


डा. थापाका अनुसार अस्पतालमा उपचाररत बिरामीलाई रेफर गरे चौबीसै घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ । त्यस्तै बिरामीलाई सडक पुगेको जुनसुकै स्थानबाट पनि एम्बुलेन्समार्फत अस्पतालमा ल्याउने सुविधा विस्तार गरिएको उनले जनाए । अस्पताल विकास समिति अध्यक्ष बासना थापाले आफ्नो कार्यकालभित्र धेरैभन्दा धेरै उपकरण भित्र्याएर सुलभ उपचार जिल्लामै उपलब्ध गराइने बताइन् । तर, अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ ।


घरमै सुत्केरी हुने बढे

हुम्ला (कास)– यहाँका ३० प्रतिशत महिलाले प्रसूतिगृहभन्दा बाहिरै बच्चा जन्माउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । भौगोलिक विकटता र जनचेतना कमीले अधिकांश गर्भवतीले नियमित गर्भ जाँच नगराउने तथ्यांक छ ।


ग्रामीण क्षेत्रसम्मका स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध भए पनि अधिकांश महिलाको पहुँच पुग्न सकेको छैन । सरकारले नियमित गर्भ जाँच गराएबापत ४ सय र प्रसूतिगृहमा बच्चा जन्माउँदा १५ सय रुपैयाँ यातायात खर्चबापत उपलब्ध गराए पनि अधिकांश महिला यसबारे अनभिज्ञ छन् । सुविधाविहीन विकट गाउँका मात्र नभएर जनचेतना कमीले सदरमुकाम आसपासका महिला पनि नियमित गर्भ जाँच गराउँदैनन् ।


जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हुम्लाका २२ स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा प्रसूति केन्द्र सञ्चालनमा छन् । गर्भवतीले ४ पटक जचाउनुपर्ने भए पनि अधिकांशले जाँच नगराउने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?