भूकम्पप्रतिरोधी विद्यालय भवन

कान्तिपुर संवाददाता

मुगु — ग्रामीण क्षेत्रमा भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माण गरिएको छ । सामुदायिक विकास कार्यक्रममार्फत श्रीकोट, झाकोट, सुकाढिक, कोटिला, कम्फा, पापु, मह र हयाङलुमा ती भवन निर्माण भएका हुन् । 

भूकम्पप्रतिरोधी विद्यालय भवन

विद्यालयहरूमा एकतले दुई कोठाका बिद्यालय भवन निर्माणका लागि १५ लाखदेखि २१ लाख रकम खर्च भएको छ । भवन बनाउन समुदायले १० प्रतिशत योगदान गरेका छन । जिल्लाभरि आठ वटा भूकम्प प्रतिरोध विद्यालय निर्माण गर्न करिव १ करोड ५४ लाख ४६ हजार रकम खर्च भएको इन्जिनियर सुनील खड्काले जानकारी गराए । छायानाथ रारा नगरपालिकास्थित कम्फा गाउँको जनजागृति प्राथमिक विद्यालयमा भवनसंगै छात्र र छात्रा शौचालय निर्माण गरिएको छ । अपांगमैत्री र बालमैत्री सुविधा सहितको भवन बनाइएको खड्काले बताए ।


समुदायको मागमा आधारित भवन निर्माण गरिएको हो । नयाँ बिद्यालय भवन बनेपछि बालबालिकालाई ढुक्कसाथ पढ्न सहज भएको जनकल्याण प्रावि महका शिक्षक हरिबहादुर बिटालुले बताए । भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माणसंगै प्रत्येक विद्यालयमा २४ सेट डेक्सबेन्च उपलब्ध गराइएको इन्जिनियर खड्काले बताए । चालु आर्थिक वर्षमा मुगुम कार्मारोङ गाउँपालिकाको रिउसमा भूकम्प प्रतिरोधी विद्यालय निर्माण र खानेपानी योजना निर्माण गर्न लागिएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १२, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?